जनकपुरधाम, भदौ ३१ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह राजिनामा नदिने अडानमा कायमै रहेका छन ।
जेनजी आन्दोलन चर्किएको बेला फेसबुक मार्फत राजिनामाको घोषणा गरेका मुख्यमन्त्री सिंह आन्दोलन साम्य भए लगतै शनिवार राजिनामा किन र कसका लागि दिने भन्दै पन्छिएका थिए ।
मुख्यमन्त्री सिंहको पन्छाई पछि समाजिक संजालमा जनमत पार्टी र मुख्यमन्त्री सिंहको व्यापक आलोचना भएपछि जनमत पार्टी मधेश प्रदेश संसदीय दलले प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता सहित मुख्यमन्त्री र मन्त्रीलाई फिर्ता बोलाएका थिए ।
जनमत पार्टी भित्रै राजिनामाको दवाव बढेपनि मुख्यमन्त्री सिंह राजिनामा नदिने अडान लिएपछि संसदीय दलले पत्र काटेको निकट स्रोतले जनाए । तर उक्त पत्र पछि पनि मुख्यमन्त्री सिंह आफनो अडान कायमै राखेपछि जनमत संसदीय दलले मंगलवार प्रदेश सभाको सोही व्यहोरको पत्र दर्ता गराएको छ।
मुख्यमन्त्री निकट स्रोतका अनुसार सत्तारुढ दल र विपक्षी समेतले राजिनामा नमागेको अवस्था र अहिलेको विकट परिस्थितिका कारण राजिनामा नदिने अडानमा छन ।
स्रोतका अनुसार अहिलेको राजनीतिक अवस्था तरल छ , यस्तो अवस्थामा राजिनामा दिए र अर्को सरकार गठन हुन नसके प्रदेश सभानै विघटनमा जान सक्ने अवस्था रहेकाले प्रदेश सभा विघटनको भार आफनो टाउकोमा लिन नसक्ने जनाएका छन ।
पार्टीले मन्त्रीहरुलाई फिर्ता बोलाएइको थुप्रै घटना मुलुकमा रहेपनि सरकार प्रमुखलाई नै फिर्ता बोलाउने पहिलो घटना रहेकोले अन्यौलता बढेकोछ ।
मुख्यमन्त्रीले राजिनामा दिए स्वीकृत गरेर नयाँ सरकार गठन गर्ने बाटो खुल्ने भएपनि सरकार प्रमुखलाई फिर्ता बोलाउने कानूनी व्यवस्था नरहेको कानून व्यवसायी हरु बताउछन ।
मधेश प्रदेशका पूर्व मुख्यन्यायाधिवक्ता विरेन्द्र ठाकुरले मुख्यमन्त्री आबद्ध दलले समर्थन फिर्ता लिइ सकेको अवस्थामा मुख्यमन्त्रीले राजिनामा गरेर मार्ग प्रसस्त नगरे ३० तीन भित्र विश्वासको मत लिनु पर्ने बताउछन । उनका अनुसार विश्वासको प्राप्त नगरे सरकार ढल्ने छ ।




