संसद् भवन जलेको नवौँ दिनमा सभामुख अवलोकनमा



काठमाडौं,असोज  २  । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको संसद भवन को अनुगमन गरेका छन् ।

आज (बिहीबार) संसद् भवन जलेको नवौँ दिनमा उनी अनुगमनमा निस्किएका हुन् । आन्दोल पछि उनी आज नै सार्वजनिक पनि भएका हुन् ।

अनुगमनमा नेकमा एमालेका निवर्तमान सांसद महेश बर्तौलालगायत अन्य सांसदहरु पनि सहभागि थिए ।

गत भदौ २४ गतेको आन्दोलनका क्रममा सरकारी तथा निजी सङ्घ–संस्था, कार्यालय, संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायतका सरकारी संस्थाहरु पनि जलेका थिए ।

 

 

प्रकाशित मिति: २०८२ आश्विन २, बिहिवार १४:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको