शेयर कारोबार २० मिनेटका लागि बन्द



काठमाडौं ,असोज  २ । सत्ता परिवर्तनपछिको पहिलो कारोबार दिन नेप्से परिसूचकमा नकारात्मक सर्किट लागेको छ ।

प्रि–ओपन सेसनमै घट्न सुरु भएको नेप्से, नियमित कारोबार खुलेको दुई मिनेटमै १०७.०४ अंकले ओरालो लाग्दा कारोबार २० मिनेटका लागि स्थगित गरिएको हो ।

यस अवधिमा २०० स्टकको १,८५७ पटकको कारोबारमार्फत ३ लाख ३४ हजार २७५ कित्ता सेयर खरिद–बिक्री भइ १५ करोड ६६ लाख रुपैयाँभन्दा बढी रकम बराबर को कारोबार भएको थियो ।

अब बजार ११ः२२ बजे पुनः खुल्नेछ । सोपछि नेप्से परिसूचक थप ५ प्रतिशतसम्म घटे दोस्रो सर्किट लाग्नेछ र कारोबार फेरि ४० मिनेटका लागि रोकिनेछ ।

प्रकाशित मिति: २०८२ आश्विन २, बिहिवार १२:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको