संविधान दिवसको अवसरमा एमाले धनुषाद्वारा मोटरसाइकल रैली

जेनजी आन्दोलनको नाउमा घुसपैठियाहरुले विध्वंस मचायो : रघुविर महासेठ


जनकपुरधाम, असोज ३ । संविधान दिवसको अवसरमा नेकपा एमाले धनुषाले जनकपुरधाममा भव्य मोटरसाइकल रैली प्रदर्शन गरेको छ ।

जनकपुर स्थित पार्टी कार्यालयबाट शुरु भएको रैली जनकपुर विमान स्थल पुगी एमाले केन्द्रिय सचिव रघुविर महासेठलाई रिसिभ गर्दै नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।

झण्डा व्यानर सहित भएको रैलीलाई एमालेले शक्ति प्रदर्शनको रुपमा लिएको थियो ।

पार्टी कार्यालयमै आयोजित रै्रली समापन समारोहलाई सम्बोधन गर्दै सचिव महासेठले जेनजी आन्दोलनको नाउमा घुसपैठियाहरुले मुलुकभरि नै विध्वंश मचाएको आरोप लगाए ।

उनले भ्रष्टाचार नियन्त्रणको जेनजीहरुको मांग उचित भएपनि मुलुकको राजनीतिक व्यवस्थालाई नै धरापमा पार्ने तत्वहरु घुसपैठ गरेर सिंहदरवार देखी नेताहरुको घर सम्म जलाउने कार्य गरेको बताए । उनले जेनजी आन्दोलनको क्रममा प्रहरीले नभई घुसपैठियाहरुले नै युवाहरुको हत्या गरेको समेत बताए ।

एमाले अध्यक्ष केपी ओलीले आजै विहान विज्ञप्ति मार्फत समेत जेनजी आन्दोलनको युवाहरुलाई प्रहरीले गोली नहानेको दावी गरेका थिए । महासेठले समेत उनकै कुरालाई दोहराउदै घुसपैठियाहरुले गरेको विध्वंशको निष्पक्ष छानविन हुनुपर्ने मांग समेत गरेका छन ।

प्रकाशित मिति: २०८२ आश्विन ३, शुक्रवार १६:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको