नारायणगढ–मुग्लिन सडक मा पहिरो हटाउने काम सुरु, कम्तीमा ४ घण्टामा आवागमन खुल्ने अनुमान



काठमाडौं ,असोज  ४ । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै तुइनखोला छेउमा शुक्रबार साँझदेखि खसेको ठूलो पहिरोका कारण अवरुद्ध भएको सडक अहिले बिहानदेखि पन्छाउने काम सुरु भएको छ ।

शनिबार बिहान ८ः३० बजेदेखि दुवैतर्फबाट एस्काभेटर प्रयोग गरी पहिरो हटाउने कार्य सुरु गरिएको सड्क विभागका प्रवक्ता प्रभात कुमार झाले बताएका छन् ।

उनका अनुसार निरन्तर काम जारी रहेमा कम्तीमा ४ घण्टाभित्र सडक सुचारु हुने अनुमान गरिएको छ । पहिरोका कारण गत रातिदेखि सयौँ सवारीसाधन रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् । सुरक्षालाई ध्यानमा राख्दै यथाशीघ्र सडक सञ्चालन गर्ने तयारी भइरहेको उनले बताएका छन् ।

प्रकाशित मिति: २०८२ आश्विन ४, शनिवार १२:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको