बालाजु बस दुर्घटना : ३४ जना घाइते



काठमाडौं ,असोज  ५ । काठमाडौंको बालाजुमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्।

आइतबार बिहान काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु बाइपासमा बा. ५ ख ५० नम्बरको बस पल्टीदा ३४ जना घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

उनले भने,‘३४ जना घाइते भएका छन् । काठमाडौंको विभिन्न अस्पतालहरुमा उनीहरुको उपचार भइरहेको छ । अहिले सम्म कसैको मृत्यु भएको छैन् । ’

उनको अनुसार बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।

 

प्रकाशित मिति: २०८२ आश्विन ५, आइतवार १२:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको