अझै खुलेन नारायणगढ-मुग्लिन सडक खण्ड, यात्रुहरू अलपत्र



चितवन , असोज ५ । नारायणगढ-मुग्लिन सडक खण्डको तुइनखोलामा गएको पहिरो अझै हटाउन सकिएको छैन् ।

आइतबार बिहानैदेखि डिभिजन सडक कार्यालय भरतपुरको ३ वटा मेसिनले बिहानैदेखि पहिरो पन्छाउन सुरु गरिएको छ । तर अहिलेसम्मपनि पहिरो हटाएर सडक खुलाउन सकिएको छैन् । माथिबाट पुनः पहिरो खसिरहेको कारणले गर्दा पनि पहिरो पन्छाउन थप चुनौती भएको हो ।

शुक्रबार बेलुका साढे छ बजेदेखि पहिरोको कारण सडक खण्ड बन्द भएको थियो ।

बाटो बन्द हुँर्दा यात्रुहरू गन्तव्यमा पुग्न नसकेर अलपत्र परेका छन् ।

यस सडक खण्ड भएर गुड्ने सवारीसाधन वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन् ।

प्रकाशित मिति: २०८२ आश्विन ५, आईतवार ०८:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको