राष्ट्रिय क्रिकेट टोली आज यूएई जाँदै



काठमाडौं, असोज ६ । विश्व विजेता वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्न आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) काअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएसँगै सोमबार यूएई प्रस्थानन गर्न लागेको हो ।

टोलीले यही असोज ११ देखि १४ गतेसम्म युनिटी कल टी–२० इन्टरनेशनल प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपालले त्यहाँ वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ । शुक्रबार नै यूएई जाने तयारीमा रहेको नेपाली टोलीले प्रवेशाज्ञा नपाउँदा रोकिएको हो । आइतबार भिसा पाएसँगै नेपाली टोली आज यूएई जाने भएको हो ।

प्रकाशित मिति: २०८२ आश्विन ६, सोमवार ०८:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको