भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनील कुमार सिन्हाद्वारा पदभार ग्रहण



काठमाडौं ,असोज  ७ । नवनिर्वाचित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनील कुमार सिन्हाले पदभार ग्रहण गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले भू–उपयोगमा तेस्रो संशोधनको लागि प्रकृया अगाडि बढाउने निर्णय गरेको जानकारी दिए ।

उनले भने,‘हाम्रो कृषिप्रधान देशमा भूमिसुधारका कार्यक्रमहरु पनि लागू भए तर धेरै सस्याहरु विभादित रुपमा रहेका छन् । भू–उपयोगमा तेस्रो संशोधनको निमित्त भनेर प्रकृया अगाडि बढाएको हो । कित्ता काटहरु अहिले रोकिएका छन् ,त्यसले गर्दा कतिपय ट्रान्समिसनलाइनहरु जस्ता विकाससँग सम्बन्धित कुराहरु पनि छन् । ती विकासका कुरालाई सहजिकरणको निमित्त पनि यो नियमावलीको आवश्यकता देखिएको कारण पनि त्यसलाई फुकाउन गएका छौं ।’

त्यस्तै उनले स्थानीय तहको कार्यसम्पादनलाई जवाफदेही र सहजता प्रदान गर्ने प्रकृतिको निर्णय पनि भएको जानकारी दिए ।  साथै, भूमि बैंकको स्थापनाको लागि कदम चालेको उनले जानकारी दिए ।

प्रकाशित मिति: २०८२ आश्विन ७, मंगलवार १३:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको