साइबर आक्रमणबाट अझै उबरिन सकेनन् युरोपका विमानस्थल, चौथो दिन पनि कामकाज प्रभावित



एजेन्सी , असोज ७ । युरोपका प्रमुख विमानस्थलहरू साइबर आक्रमणबाट अझै उबरिन सकेको छैनन् । सोमबार चौथो दिन पनि विमानस्थलहरूको कामकाजमा अवरोध कायमै रहेको छ। चेक–इन र बोर्डिङ व्यवस्थापन गर्ने थर्ड–पार्टी प्रणालीमा समस्या आएपछि थुप्रै उडानहरू रद्द भएका छन भने धेरै उडान ढिला प्रस्थान गर्न बाध्य भएका छन ।

युरोपेली संघको साइबर सुरक्षा एजेन्सीका प्रवक्ता लारा ह्यूविङ्कले यो अवरोध र्यानसमवेयर आक्रमणका कारण भएको शंका व्यक्त गरिन्। तर, यसबारे थप जानकारी अहिलेसम्म खुलेको छैन र आक्रमण कसले गरेको भन्ने पनि प्रष्ट भएको छैन।



यस आक्रमणबाट सबैभन्दा बढी ब्रसेल्स विमानस्थल प्रभावित भएको छ। विमानस्थलकी प्रवक्ता इहसान चिओवाले जानकारी दिँदै भनिन् — सोमबार मात्र प्रस्थान गर्न तय २७७ मध्ये ४० उडान र आगमन गर्ने २७७ मध्ये २३ उडान रद्द गर्नु परेको छ।

उनका अनुसार हालसम्म पनि चेक–इन प्रक्रियामा कठिनाइ आइरहेको छ। सामान्य चेक–इन र बोर्डिङ प्रणाली कहिले पुनःस्थापना हुन्छ भन्ने यकिन समय तोक्न नसकिएको उनले बताइन्।

प्रकाशित मिति: २०८२ आश्विन ७, मंगलवार ०८:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको