एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन



काठमाडौं ,असोज  ७ । एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन  भएको छ ।

तीन महिनायता फोक्सोको क्यान्सरसँग जुधिरहेकी उनको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको उनको परिवारले जानकारी दिएको छ ।

चितवन मेघौलीमा जन्मिएकी सीताले एउटै खुट्टाले नाचेर आफ्नो छुट्टै परिचय बनाएकी थिइन् ।

उनले १२ वर्षको उमेरमा बोनम्यारो क्यान्सरका कारण एउटा खुट्टा गुमाएकी थिइन् । उनकी एक छोरी छिन् । अन्त्येष्टिका लागि परिवार चितवनबाट काठमाडौँ आउँदैछन् ।

प्रकाशित मिति: २०८२ आश्विन ७, मंगलवार ११:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको