डिस्चार्जपछि देउवा ललितपुरमा बस्ने



काठमाडौं ,असोज ८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्पतालबाट डिस्चार्ज भएपछि ललितपुरमा बस्ने भएका छन्।यसअघि देउवा बूढानीलकण्ठस्थित घरमा बस्दै आएका थिए।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूको आक्रमणबाट देउवा र उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा घाइते भएका थिए।

सभापति देउवाको गर्धन र गर्धनमाथिको भागमा चोट लागेको थियो। सभापति देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको थियो।

प्रदर्शनकारीहरूले भदौ २४ गते देउवा दम्पतीमाथि कुटपिट र घरमा आगजनी गरेका थिए।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार सभापति देउवा कहिले अस्पतालबाट डिस्चार्ज हुने भन्ने आज टुंगो लाग्छ।

‘आज डिस्चार्जबारे टुंगो लाग्छ। सम्भवत ललितपुरको जावलाखेल वा सानेपातिर बस्ने कुरा छ,’ उनले भने। सभापति देउवाको आफन्तको घर जावलाखेलमा छ। उनी केही समय त्यहाँ बस्न सक्ने बताइएको छ।

प्रकाशित मिति: २०८२ आश्विन ८, बुधवार १४:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको