आज कतिमा कारोबार भइरहेको सुनचाँदी ?



काठमाडौं ,असोज ८ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक हजार तीन सयले बढेको हो ।

मंगलबार दुई लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको सुन आज दुई लाख २३ हजारमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला दुई हजार सात सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार प्रतितोला दुई हजार ६ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

 

 

 

 

प्रकाशित मिति: २०८२ आश्विन ८, बुधवार ११:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको