काठमाडौं ,असोज ८ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली ऐन संशोधन सम्बन्धी अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपति पौडेलले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् ।
प्रकाशित मिति: २०८२ आश्विन ८, बुधवार १४:३२




