मधेश सरकारबाट समर्थन फिर्ता लिन काँग्रेस भित्र दवाव



जनकपुरधाम, असोज ८ । मधेश सरकारबाट समर्थन फिर्ता लिन काँग्रेस भित्र दवाव बढेको छ । आज विहानै देखी मधेश प्रदेश संसदीय दलको बैठकमा अधिकांश सदस्यहरुले सरकारबाट तत्काल फिर्ता हुन दवाव दिएको बैठकमा सहभागी एक जना प्रदेश सभा सदस्यले मधेश टुडेलाई बताएका छन ।

मुख्यमन्त्री आवद्ध दलले फिर्ता हुन पत्र काटदै सरकारबाट समर्थन समेत फिर्ता लिई सकेको अवस्थामा वर्तमान सरकारमा टाँसी रहनु गठबन्धनको मर्म विपरित हुने भन्दै प्रदेश सभा सदस्यहरुले तत्काल फिर्ता हुन नेतृत्वलाई दवाव दिएका छन ।

प्रदेश सांसद श्याम पटेलका अनुसार बैठकमा उपस्थित सांसदको बहुमतले तत्काल समर्थन फिर्ता लिनुपर्ने सुझाव दिएका छन्। उनले भने, “एक–दुई जना सांसदले विश्वासको मतको दिनसम्म पर्खनुपर्ने धारणा राखे पनि बहुमत सांसदले आजै समर्थन फिर्ता लिनुपर्नेमा जोड दिएका छन्।”

जेनजी आन्दोलनको क्रममा फेसबुके राजिनामा दिएका मुख्यमन्त्री सतिशकुमार सिंहले आन्दोलन सेलाए लगतै राजीनामा नदिने अडान लिएपछि सरकारको संकट बढदै गएको बेला काँग्रेसका प्रदेश सभा सदस्यहरुले समेत सरकारबाट समर्थन फिर्ताको दबाब बढाएका छन ।

मुख्यमन्त्रीलाई राजिनामा दिन जनमत पार्टीले दवाव दिएपछि उनि विश्वासको मत लिने अडानमा छन । संघियतालाई जोगाउन भन्दै आफुले राजिनामा नदिने राग अलापदै आएका छन ।

मुख्यमन्त्रीको अडानपछि जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै विपक्षी दलको भूमिकामा जाने निर्णय गरेको थियो। गत भदौ २८ गते जनमतले प्रदेश प्रमुखको कार्यालयमा समर्थन फिर्ताको पत्र बुझाएको थियो।

जनमत, कांग्रेस, एमाले र लोसपाको समर्थनमा बनेको वर्तमान सरकार जनमतको समर्थन फिर्तासँगै अल्पमतको जोखिममा परेको छ।
संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्रीले राजीनामा नदिए ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। विश्वासको मतमा असफल भएमा अर्को सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।

कांग्रेसको आजको बैठकले समर्थन फिर्ताको औपचारिक निर्णय गरे मधेस सरकार थप संकटमा पर्ने निश्चित देखिन्छ।

प्रकाशित मिति: २०८२ आश्विन ८, बुधवार १२:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको