
जनकपुरधाम, असोज ९ । मैथिली गीत संगितमाथि भोजपुरी हावी भई रहेकै बेला दुई तीनवटा गीतले मैथिली गीत संगितको दोस्रो अध्याय शुरु भएकै हो भनेर चर्चा परिचर्चा शुरु भएको छ ।
यसै बर्षको अगस्त २० मा मैथिली विट्स युट्युव च्यानलमा डिके सागरको ‘जनचेतना’, द मनियामा ‘तु चलिगेले, नहि रुकले’ र मैथिली हिट म्युजिकमा अक्टुवर २ मा ‘झिझियाके बान्हि द हो धामी’ ले गर्दा अहिले भोजपुरी गीत संगितलाई मिथिलाबासी बिर्सन लागेको भान हुन थालेको छ।



हुनत डिके सागरको जनचेतना र मनियाको तु चलिगेले तो नहि रुकले मैथिली रैप हो भने कलकतियावाली टिमका झिझियाकेँ बान्हि द हो धामी झिझिया लोक गीत हो । डिके सागर र मनियाले मैथिली गीत संगितलाई नयाँ उचाईमा पुर्याएका छन् भने कलकतियावाली टिमले युट्युवमा मैथिली कमेडिमा ख्याति प्राप्त गरी अव सांगितिक क्षेत्रमा तहल्का मच्चाई रहेका छन् ।
डिके सागर नेपाल मात्र नभई भारतका युट्युवरहरुको रोजाइ समेत बनेका थिए । उनले गाएको जनचेतनाका धेरै भारी संख्यामा रिभ्युवरहरुले रिभ्यु गरेका छन् । मैथिली गीत संगितको सम्भवतः पहिलो पटक भारतीय हिन्दी भाषीहरुले यति ठूलो संख्यामा रिभ्यू गरेका थिए । मनियालाई नचिन्हने सायदनै कोही होला । मनियाको धेरै र्यापलाई मैथिली र मिथिलालाई माया गर्नेहरुले माया गरेका थिए । डिके सागरलाई त भारतीय सुपरस्टार हनि सिंहले समेत फ्लो गरेका छन् । मिथिला र मैथिलीलाई माया गर्ने सायदै कोही होला जसले कलकतियावालीलाई र उनका टिमलाई चिन्हेका नहोला ।

आफूहरुकै कान्धमा मिथिला र मैथिलीको अभिभारा रहेको भन्ने र सोच्नेहरुलाई यिनीहरुले ठाडो चेतावनी नै दिएका छन् । युट्युवमा आफूलाई मात्र गन्नेहरुलाई यि नायाँ रैपरहरुले जुन प्रकारको चेतावनी दिएका छन् अव उनीहरु आफ्नै बारेमा सोच्न बाध्य हुने जानकारहरु बताउँछन् ।
जनकपुर लगायत मिथिला क्षेत्रमा धुमधामका साथ मनाइने दर्श पर्वमा खेलिने झिझिया जहाँ भोजपूरी गीत संगितले आफ्नो पकड बनाई रहेका थिए त्यहि कलकतियावाली टिमको ‘झिझिया बान्हि द हो धामी’ गीतको बीचमा गरिएको फ्युजन गीतलाई थप सशक्त बनाएका छन् । त्यो गीतको बीचमा महराईलाई फ्युजन गरिएको छ । महराई धामीझाक्रीहरुले भगवानलाई खुशी पार्नकालागि गाइने एक प्रकारको गीत हो ।
अरुण बिजयको स्वर, प्रमोद/मनोजको संगीत र श्यामको शव्द रहेको सो गीत अहिले जनकपुरधाम लगायत विहारको मिथिला क्षेत्रको अधिकांश झिझिया खेल्नेहरुको पहिलो रोजाई बनेको छ भने स्टेजहरुमा समेत यसै गीतले आफ्नो स्थान नम्वर १ मा पार्न सफल भएको छ ।
पुराना गायक, गीतकार, संगितकारलाई यिनीहरुले आफूलाई अपग्रेड हुन बाध्य तुल्याएका छन् । मैथिली गित संगीको कुरा हुँदा सन्नु कुमारलाई विर्सन त सकिँदैन् तर यि तीन जना कम नरहेको गीत संगितका जानकारहरुको दावी छ ।