सुन चाँदीको मूल्य हालसम्मकै उच्च



काठमाडौं , असोज  २२  । नेपाली बजारमा बुधबार सुन को मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार आज सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।



अघिल्लो दिन २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्यले दिनकै नयाँ मूल्य कायम गरिरहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । हिजो प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज २ हजार ९ सय ५५ सयमा कारोबार भईरहेको  महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

 

 

 

प्रकाशित मिति: २०८२ आश्विन २२, बुधबार १२:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको