जनकपुरधाम, असोज ९ । विजया दशमी, दिपावली, तथा छठ पर्वको अवसरमा जनता समाजवादी पार्टी नेपाल महोत्तरी क्षेत्र नं. ४ को शुभकामना आदान प्रदान सम्पन्न भएको छ ।
क्षेत्रीय अध्यक्ष राजकुमार यादव को अध्यक्षतामा सम्सी बजारमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नेताहरुले जेनजी आन्दोलन पछि उत्पन्न परिस्थितिमा जसपा नेपाललाई एकजुटताका साथ अघि बढाउनु पर्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य एवं पूर्व राज्यमन्त्री डा. सुरेन्द्र यादवले जसपा नेपालले उठाउदै आएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको प्रावधान नै जेनजीहरुले समेत उठाएको हुँदा जसपा नेपालका लागि गर्वको विषय रहेको बताए ।
उनले आसन्न प्रतिनिधिसभा निर्वाचन बाटै प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनु पर्ने समेत मांग गर्दै अगामी निर्वाचनमा पार्टीलाई बढी भन्दा बढी सिट जिताउने तर्फ नेता कार्यकर्ताहरुलाई अहिले देखी नै लाग्नु पर्ने बताए ।
कार्यक्रममा केन्द्रिय सदस्य दीपक झा गुड्डु, इशरागन यादव, युवा खेलकुद विभागका सदस्य रोशन सिंह, जिल्ला अध्यक्ष रामनरेश राय, पालिका अध्यक्ष, जिल्ला सदस्य, क्षेत्रीय सदस्य लगायतको व्यापक उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा लो. स. पा बाट निर्वाचित पुर्व वडा अध्यक्ष मनारा सिस्वा १को सुभाष चौधरी लगायत को २० जना लो. स. पा परित्याग गरि ज. स. पा नेपालको सदस्यता ग्रहण समेत गरेका थिए ।






