निवर्तमान गृहमन्त्री लेखकलाई मातृशोक



काठमाडौं, असोज १० । निवर्तमान गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश लेखकलाई मातृशोक परेको छ ।

विहीवार साँझ ह्याम्स अस्पतालमा उपचारका क्रममा लेखककी ८९ वर्षीया माता शारदा लेखकको निधन भएको स्वकीय सचिव जनक भट्टले बताए ।

उनी दमलगायत रोगबाट पीडित थिइन् । उनको निवासमा आगजनी भएका दिन उनी घरभित्रै थिइन् भने उनलाई आन्दोलनकारीले बाहिर निकालेका थिए ।

 

प्रकाशित मिति: २०८२ आश्विन १०, शुक्रबार ०७:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको