सुनचाँदीको मूल्य बढ्यो



काठमाडौं ,असोज  १०नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला  १२ सयले बढेको हो ।

बिहीबार २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार  भएको छापावाल सुन आज २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ५५ रुपैयाँले बढेर २७  सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार चाँदी तोलाको २६ सय ८५ मा कारोबार भएको थियो ।

 

प्रकाशित मिति: २०८२ आश्विन १०, शुक्रबार १२:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको