साफ यू-१७ च्याम्पियनशिप फुटबलमा नेपाल भारतसँग पराजित



काठमाडौं, असोज १०। साफ यू-१७ च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।

श्रीलङ्काको कोलम्बो रेसकोर्समा बिहीबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा साविक विजेता भारतसँग नेपाल ३–० गोलले पराजित भएको हो ।



यो पराजयसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलको अन्तिम चरणबाट बाहिरिएको छ । भारत भने साफ यु–१७ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

नेपाल समूह ‘ए’को उपविजेता तथा भारत समूह ‘बी’को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो ।

प्रकाशित मिति: २०८२ आश्विन १०, शुक्रबार ०९:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको