चाडपर्वमा अस्वस्थ्यकर खानपान : उच्च रक्तचाप र मधुमेहले बिर्सने रोग निम्त्याउँछ



प्रमिला कार्की
स्वस्थ्य खानाको छनोट गर्नका लागि धेरै सोच विचार गर्नु पर्दैन् ।हामीहरुले खाइरहेको सामान्य दाल–भात, तरकारी, अचार, दूध, दही, मोही, हलुवा, खिचडी नै खाने हो । तर, चाडपर्वको बेलामाचाहीं विशेष किसिमकाखानेकुराहरू पनि बनाइन्छ। शाकाहारीहरूले खीर वा मिठाइहरू खान्छन् ।माछा र मासु खानेहरूले त विभिन्न परिकार खान्छन् ।खसी र कुखुराको मासु, माछा, अण्डा खान्छन् ।

तर चाडपर्वमा ध्यानदिनुपर्ने कुरा के छ भने पेट भरिसकेपछि पनि जबरजस्तीखाने प्रचलन छ ।चाडपर्वमा बनाइएका परिकार मिठो मसिनो हुने भएकाले धेरै खाने गरिन्छ । आफन्तवा साथीसंगतसँग रमाइलो गरिन्छ । विभिन्नप्रकारका परिकारहरू बनाएर खाँदाअटसमटस हुनेपनि गर्छ । त्यसैले चाडपर्वमा आफूले खान सक्ने अथवाआफ्नो जतिभोक लाग्छ, त्योभन्दा बढी नखाने भनेर पहिलै तयारी गर्नुपर्छ । मनस्थितित्यस्तै बनाउनुपर्छ ।

मांसाहारीहरूले मासु पकाउँदाएकदमै धेरै तेल वाचिल्लोहाल्ने, त्यसपछि मसलाहालेर पकाउने गर्छन् । त्यो खाँदा एकछिन त जिब्रोलाई स्वाददिन्छ तर धेरै मासु वात्यसका परिकारहरु खाँदात्यसमा रेशादार तत्वनभएकालेकब्जियत गराउन सक्ने सम्भावना हुन्छ । त्यसैले माछा–मासु खाँदाखेरि धेरै मात्रामावादिनमातीन पटक नै खानु हुँदैन् । सलादका रुपमाकाँक्रो अथवाफलफूलहरूको प्रयोग गर्नुपर्छ ।

जो शाकाहारी हुनुहुन्छ, उहाँहरूले विभिन्नकिसिमका तरकारीहरू त खाइहाल्नुहुन्छ । तर मिठाइ खाने भनेर एकदम धेरै गुलियो मिठाइहरूले केहीफाइदागर्दैन् । त्यसमाथिपनिकसैकसैलाई विभिन्नकिसिमका समस्याहरूआइपर्छन् । नसर्ने रोगहरू, मधुमेह,उच्च रक्तचाप, मुटुका रोगको समस्याभएकाहरुलाई असर गर्छ । कसैलाई जोर्नीहरू एकदमै दुख्ने समस्या देखिन्छ ।त्यस्तोबेलाएकदमै ध्यान पुर्याउनुपर्छ । दशैँवातिहारको बेलामा रमाइलो गरिसकेपछि पछि बिरामीनहोस भनेर घरमै बनाइएकाखानेकुराहरू स्वास्थ्यकर हुन्छन् ।

खानेकुराहरूलाई बारम्बार तताएर, तेल वाघिउमा बेस्सरी तारेर बारम्बार खानु हुँदैन् । एउटैतेललाई बारम्बार तताउनु हुँदैन् । तारेको तेललाई किनफाल्नु भनेर अरू खानेकुराहरू तताउनु हुँदैन् । किनभने एउटै तेलबारम्बार तताउँदा, त्यसमाभएको नराम्रो बोसो अथवा नराम्रो चिल्लो पदार्थ जुन छत्यसले शरीरमा क्यान्सर पनिउत्पन्न गराउन सक्छ भन्ने अध्ययनले देखाएको छ।

यसकासाथ–साथै विभिन्न मुटुरोग विशेषज्ञहरूले यस्तो किसिमको तेलहरूमाचाहीं ट्रान्सफ्याट अथवा नराम्रो खालको बोसो हुन्छभनिएको छ । त्यसले मुटुमा पनि समस्या पर्छ र मुटुमा समस्याभइरहेकै मान्छेहरू, मधुमेह, उच्च रक्तचापभएकाहरूलाई त झनै समस्या पर्छ ।

त्यसैकारणले गर्दा तेल बढी भएको खण्डमा तताएर प्रयोग गर्नुको साटो फालिदिनुपर्छ । अलिकतालोभले गर्दाखेरि विभिन्नकिसिमको समस्याहरू देखिनुको साटो खानेकुरा कसरी पकाउने भन्ने कुरामापनिध्यान दिनुपर्छ ।

सामान्य चाडपर्वको बेलामामात्रनभइअरु बेलामापनिखानपान र स्वास्थ्यको बीचमाचाहीं एकदमै धेरै ख्याल गर्नुपर्छ । ‘पेट सफा त हर रोग दफा’अर्थात् पेट सफाभयो भने कब्जियत, पेटमा रोग लागेन भने विभिन्नकिसिमका समस्याहरू हुँदैनन् भन्ने पनिहोइन् । विभिन्नअध्ययनहरूले के देखाइरहेको छ भने, जे खानेकुराहरू खान्छौं, त्यसले हाम्रो शारीरिक स्वास्थ्यमामात्रै होइनमुटु, कलेजो, मिर्गौला, आन्द्रामात्रै स्वास्थ्य राख्ने भन्ने होइनमानसिक स्वास्थ्य स्वस्थराख्न, मानसिक रूपमा स्वास्थ्य रहनमापनि धेरै ठूलो भूमिका खेल्छ । मस्तिष्क–स्वास्थ्य र पेट–स्वास्थ्यको बीचमा कस्तो सम्बन्धकाबारेमा बुझ्नुपर्छ । पेट स्वस्थ रह्यो भने मस्तिष्कपनि स्वस्थ रहन्छ भन्ने अध्ययनले देखाएको छ ।

हाम्रो पेटमा अर्बौं–खर्बौं ब्याक्टेरियाहरू, किटाणुहरू हुन्छन् तिनीहरु स्वस्थरहेभने, तिनीहरूबाट निस्केको एउटा विशेष किसिमको तत्व, जसलाई सेराटोनीन भनिन्छ, जसले हाम्रो मस्तिष्कलाईखुसीपार्न, आनन्ददिनलाई मद्दत पु¥याउँछ । मस्तिष्कलाई खुसीपार्ने जुनतत्व हुन्छ, त्यो ८० देखि ९० प्रतिशत पेटमा उत्पन्नहुने रहेछ । त्यसकारण पेटलाई स्वस्थ राख्नुपर्छ । ताकिमस्तिष्कपनि स्वस्थ रहोस् भन्ने कुरा यसले देखाउँछ । त्यसैले मान्छेको पाँच–छ फिटको शरीरमा रहेको दुई, तीनइन्चको जिब्रोले धेरै कुरा कन्ट्रोल गर्नसक्छ भन्ने हो । जिब्रोलाई मिठो लाग्ने खानेकुरा खाँदापेटको स्वास्थ्यमानराम्ररी असर पारिरहेको हुन्छ ।

विभिन्नपत्रु खानेकुराहरू, कोल्ड ड्रिङ्कहरू, रक्सी, जाँडले त मानसिक र शारीरिक रुपमै असर पार्छ । अध्ययनहरूले के देखाएको छ भने धेरै जाँडरक्सी खाने मानिसहरूलाई पछि विभिन्नकिसिमकामानसिक समस्याहरू हुन सक्ने सम्भावनाहरू धेरै छन् । मस्तिष्क र खानपिनको सम्बन्धलाई जोडेर अहिले धेरै अध्ययनभइरहेछ। त्यसको अर्थ मानसिक रोग लागेको मानिसहरूलाई स्वस्थ्यखानेकुरा दिएर मात्रै ठीक हुन्छ भन्ने होइन् । मानसिक रोग विज्ञले भनेअनुसार औषधिपनि खानुपर्छ । परामर्श पनि लिनुपर्छ । त्यसैलखानपिनमा धेरै ध्यान दिनुपर्छ ।

दशैँ–तिहार मनाउँदाविरामी परियो भने स्वस्थ्यभएर काममाजानसकिदैन् । चाडपर्वमा रमाइलो गरौँ, राम्रोसँग मनाऔँ । यो हाम्रो संस्कृतिको अङ्गहो । चाडपर्व मनाउँदासामाजीकरणमा पनि ठूलो भूमिका खेल्छ । हामीलाई मानसिक रूपमापनिआनन्द दिन्छ। अध्यात्ममा रुचि राख्नेहरूलाई दुर्गा भवानीको पूजा–आराधनालेपनि धेरै ठूलो मनमाआनन्द दिन्छ । त्यसैले रमाइलो गरेर चाडपर्व मनाऔं,स्वस्थ्य रुपले वा स्वास्थ्यकर खानेकुरा खाएर वामानसिक र शारीरिक रूपमा स्वस्थरहेर मनाउनुपर्छ । खानपानले यस्तै किसिमको रोग निम्त्याउछ भन्ने होइन तर सचेत चाहीं हुनैपर्छ ।

कसैलाई मधुमेह एवमउच्च रक्तचापको समस्याआयो वाखानपानमा सावधानीअपनाउननसक्दा समस्याआयो भने घर परिवारमा पनितनाव हुन्छ । त्यसैले बालबालिकाको अवस्थादेखि नै स्वास्थ्यकर खानेकुरा खानपर्छ । आमावाअभिभावकहरूलेस्वास्थ्यकर खानेकुरा खान सिकाउनुपर्छ । र खानेकुरा खानसिकाउने मात्रै होइनस्वास्थ्यकर खानेकुरा दाल, भात, तरकारी, अचार जस्ता कुराहरूत कसरी बनाउने भन्ने पनि सिकाउनुपर्छ । ताकित्यो बालबालिकाहरू भोलियुवाभइसकेपछि वावयस्कभइसकेपछिस्वास्थ्यकर खानेकुरा खानमात्रै होइनपकाउनपनिसिकोस् । आफ्नो हातले पकायो भने स्वास्थ्यमा सकारात्मकप्रभाव पर्छ ।

नियमितस्वास्थ्यकर खानेकुराहरु खाएपछि मोटोपनको समस्या, मधुमेह हुनसक्ने सम्भावनाहरु कम हुन्छ। अस्वस्थ्यजीवनशैलीले धेरै समस्यानिम्ताउने भएकाले तेलमा भुटेका र पत्रु खानेकुरा, प्याकेटमा भएकाखानेकुराहरु, आलु चिप्सदेखि लिएर चाउचाउ, मैदाको मःमखाँदा एकछिन त आनन्दआउछ तर लामो समयपछि अनेक समस्याहरु देखिन्छन् । त्यसैले चाडपर्वको बेलादेखि नै अभिभावक, बालबालिका, वयस्कवायुवायुवतीहरुले आफ्नो खानपानमाध्यानदिने हो भने, शारीरिक र मानसिक रुपमा स्वस्थ रहनमा ठुलो भूमिका खेल्छ ।

फूड पोइजनिङको समस्या पर्छ भने एउटा विचार गर्नुपर्छ । मासु खाँदाखेरि त्यसमा रेशादार तत्वनहुने भएकाले रेशादार तत्वहरु शरीरमा परोस् भनेर हरियो तरकारी, फलफुलहरु, अम्बा, हलुवाबेत जस्ता खानेकुरा खानुपर्छ । माछामासु खाइसकेपछि कोल्ड ड्रिंक खायो भने पच्छ भनेर मान्छेहरुले कोल्ड ड्रिंकहरु धेरै खान्छन् । त्यस्तो किसिमकाखानेकुराहरुले पछि समस्या पार्छ । सकेसम्म पत्रु खानेकुराहरुलाई आफ्नो जिन्दगीबाट हटाउनैपर्छ ।

प्रकाशित मिति: २०८२ आश्विन ११, शनिवार ०८:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको