डेडिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिन भित्र भुक्तानि गर्न प्राधिकरणको आग्रह



काठमाडौँ , असोज १२ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाईनबाट विद्युत् सप्लाई लिएका उपभोक्ताहरूलाई बक्यौता विद्युत् महसुल २१ दिन भित्र भुक्तानि गर्न आग्रह गरेको छ ।

आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले यसअघि पुनरावलोकनसँग सम्बन्धित भएका सम्पूर्ण काम कारबाहीहरू खारेज गरिएको जानकारी गराएको छ ।

मासिक किस्ताबन्दीमा रकम भुक्तानी गर्न इच्छुक उपभोक्ताहरूलाई बढीमा २८ महिनाको किस्ताबन्दीको सुविधा उपलब्ध गराइने सूचनामा उल्लेख छ ।

प्राधिकरणले डिकेटेड फिडर तथाट्रंकलाईन बक्यौता २१ दिनभित्र भुक्तान नगरे कारबाही गर्ने प्राधिकरणको चेतावनी नेपाल विद्युत् प्राधिकरण, विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम कारबाही हुने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति: २०८२ आश्विन १२, आईतवार ०८:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको