प्रमिलाकार्की
काठमाडौं, असोज १२ । नेपालीहरूको महान चाड विजयादशमी (दशैं) को अवसरमा काठमाडौँ उपत्यकामा सवारी सुरक्षाका लागि विशेष योजनालागू गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले दशैंको चाप र सम्भावित जोखिमलाई ध्यानमा राख्दै व्यापक ट्राफिक तथा सुरक्षा योजना तयार पारिएको जानकारी दिए।
एसपी सुवेदीले दशैंका बेला सवारी व्यवस्थापन र नागरिक सुरक्षा सुनिश्चित गर्न १४ वटाप्रमुख स्थानहरूमानागरिक सहायताकक्ष स्थापना गरिएको बताए। ‘यात्रुहरूले गुनासो या सूचनादिनुपरेमा ती सहायताकक्षबाटतत्काल सेवाप्रवाह गरिनेछ,’उनले भने ।
उनकाअनुसार, यात्रुहरूलाई आवश्यक सूचनाप्रवाह, ट्राफिक सचेतनाअभिवृद्धितथाआकस्मिक समस्याको तत्काल समाधानकालागि सहायताकक्षले प्रभावकारी भूमिकानिर्वाह गर्दै आएको छ।
उपत्यकालाई दुई समूहमा ट्राफिक प्रहरी परिचालन
दशैंको समयमा सवारी चाप वृद्धिहुने भएकाले राजधानी क्षेत्रलाई दुई समूह– ‘क’ र ‘ख’– मा विभाजन गरिएको छ। समूह ‘क’अन्तर्गत २३ युनिट र समूह ‘ख’अन्तर्गत २४ युनिटट्राफिकप्रहरी परिचालितछन् ।
एसपी सुवेदीकाअनुसार, ‘हाम्रोउद्देश्य सजायहोइन, सचेतनाअभिवृद्धिहो । यात्रामा कसैले गल्ती गरेमा दण्डित गर्नुभन्दापनि सुधार गर्ने अवसर दिनचाहन्छौं ।’
रात्रिकालीन चेकिङ : पाँच समूहमा ६९ युनिट परिचालन
चाड पर्वमा मादकपदार्थ सेवनगरी सवारी चलाउने प्रवृत्तिबढ्ने भएकाले रातको समयमा विशेष निगरानीका लागि पाँच समूहमा विभाजन गरिएको छ। समूह ‘क’, ‘ख’, ‘ग’, ‘घ’ र ‘ङ’ अन्तर्गत क्रमशः १४, १४, १५, १४ र १२ युनिट गरी कुल ६९ युनिट परिचालित छन् । रातको समयमा सम्भावित दुर्घटना र अनुशासनहीन सवारी गतिविधि रोक्न यीयुनिटहरू निरन्तर गस्तीमा रहनेछन् ।
लामो दूरीका सवारीमा अनुगमन कडा
२५० किलोमिटरभन्दाबढी दूरीका सवारी साधनमादुई चालकअनिवार्य व्यवस्थालागू गर्न ट्राफिकप्रहरीले कडाइ गरेको छ। ट्राफिककम्युनिकेशनएपमार्फत चालक संख्या, क्षमताभन्दाबढीयात्रु राखिएको वाबढीभाडालिएको जस्तागतिविधिमानिगरानी गरिने सुवेदीले बताए।
प्रमुख स्थानहरूमा सशक्तउपस्थिति
बसपार्क, नाका, सुपरमार्केट, सपिङ मलजस्ता स्थानहरूमा ट्राफिक प्रहरी र सिभिल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। एसपी सुवेदीकाअनुसार, ‘नागरिकलाई सुरक्षा प्रत्याभूति दिन हामी संयुक्त रूपमा खटिएका छौं । हामी उच्च मनोबलका साथ फिल्डमा छौं ।’
प्रविधिमार्फत निगरानी : लागूपदार्थ र मापसेमा कडाइ
सवारी चेकिङमाप्रविधिको प्रयोग बढाइएको उनले बताए। लागुपदार्थ वामादकपदार्थ सेवन गरी सवारी चलाउने चालकहरूलाई पहिचान गर्न विशेष उपकरण र प्रविधिको प्रयोग भइरहेको उनको भनाई छ।
प्रहरीको मनोबल उच्च, सेवा सुचारु
हालैका जेनजीआन्दोलनका कारण केही कार्यालयहरू क्षतिग्रस्त भएपनि सेवाप्रवाहप्रभावितनभएको एसपी सुवेदीको भनाइ छ। ‘कुनैपनिप्रहरी कर्मचारी मनोबल गुमाएर बसेका छैनन्,’उनले स्पष्ट गरे, ‘युनिफर्म र आवश्यक सामग्री सबैमा पुगेको छ, हामीयुनिफर्ममै सेवादिइरहेका छौं ।’
नागरिकलाई सूचनादिनआह्वान
एसपी सुवेदीले सवारी वा समाजमा असामाजिक गतिविधि देखिएमा १०० वा १०३ मा फोन गरी नजिकको प्रहरीलाई जानकारी दिन नागरिकहरूलाई अनुरोध गरे । साथै, लामो दूरी यात्रा गर्नुअघि सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिए।
ट्राफिक प्रहरीको यो विस्तृत योजना दशैंमा नागरिक सुरक्षाका लागि प्रभावकारी हुने अपेक्षा गरिएको छ। सुवेदीभन्छन्, ‘हामी नागरिकका आँगनमै सेवा दिन तयार छौं, सूचना दिनुहोस्, सेवाहाम्रो तर्फबाट सुनिश्चित हुनेछ ।’




