
जनकपुरधाम, असोज २० । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपुरा रुपैठा मा हिन्दु मुस्लिम बीच भएको विवादको विषयलाई लिएर पक्राउ परेका हिन्दू सम्राट सेनाका केन्द्रीय अध्यक्ष सहित पाँच जना रिहा भएका छन ।
देवपुरा रुपैठाको विषयलाई लिएर जनकपुरधामको भानुचोकमा विरोध प्रदर्शनको क्रममा प्रहरीले अध्यक्ष राजेश सनातनी, ज्ञानेन्द्र झा र रमेश यादवसहित पांचजनालाई पक्राउ गरेको थियो ।



आइतवार राति पक्राउ परेकाहरुलाई सोमवार बिहान ११ बजे थुना मुक्त गरिएको हो । पक्राउ परेपछि उनीहरूलाई यथाशीघ्र रिहा नगरे अधिराज्यभरि ताण्डव मचाउने हिन्दू सम्राट सेनाले चेतावनी दिएको छ ।
जनकपुरधाम उपमहानगर मातहत रहेको तेलिया पोखरीको डिलमा मुस्लिम पक्षले घर बनाएर इस्लामिक झण्डा फरहाएपछि पटक पटक विवाद हुँदै आएको छ । पोखरीको डिल खाली गर्ने सहमति प्रशासन समक्ष पटक पटक भएपनि खाली हुन सकेको थिएन ।

दुर्गा माताको मूर्ति भसानको क्रममा दुई पक्षबीच झडप भएपछि सो घर जलाइएको थियो । जलाइएको घर मुस्लिम पक्षले पुनः बनाउने प्रयास गरेपछि आइतवार समेत विवाद भएको थियो ।