प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली एक मात्र विकल्प : उपेन्द्र यादव



सिरहा, असोज २० । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान बेथितिबाट मुलुकको निकासका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली एक मात्र विकल्प रहेको बताएका छन ।

जसपा नेपाल सिरहाद्वारा आज लहानमा आयोजित पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले आफनो पार्टीले शुरु देखी नै उठाउदै आएको प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली जेनजी आन्दोलनको मांग समेत रहेकोले कार्यान्वयन तर्फ उन्मुख हुनु पर्नेमा जोड दिए । उनले वर्तमान निर्वाचन प्रणालीले स्थिर सरकार दिन नसक्ने भएकाले समेत प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा जानुको विकल्प नरहेको बताए ।



उनले वर्तमान संविधानलाई संशोधन गरेर पहिचानको सहितको अधिकार सम्पन्न संघीयता , दुई मधेश सहितको प्रदेशको विभाजन, पूर्ण समानुपाति संसद लगायतको व्यवस्था गर्न मांग समेत गरेका छन ।

यथास्थितिमै हुने निर्वाचनले जेनजी आन्दोलनको मांग सम्बोधन हुन नसक्ने भन्दै अध्यक्ष यादवले यथाशीघ्र संविधान संशोधन गरेर अघि बढन वर्तमान सरकारलाई सुझाव दिएका छन ।

जिल्ला अध्यक्ष अशोक यादवको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दर्जनौ नेता तथा कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका छन ।

कार्यक्रममा प्रदेश अध्यक्ष बालकिशोर यादव सहितका नेताहरुले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: २०८२ आश्विन २०, सोमबार १८:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको