बाजुरा, असोज २१ । बाजुरामाविश्वहुलाकदिवसको अवसरमा देउडा सञ्चालन गरिने भएको छ।
१५१औँ बिश्वहुलाकदिवसको अवसरमा हुलाककार्यालय बाजुराको आयोजनामाहुलाक सेवाको महत्व र प्रभावकारिताउजागर गर्न देउडाकार्यक्रम गरिने भएको हो।
मानिसहरूकालागिपोस्टः स्थानीय सेवाविश्वव्यापीपहुँच”भन्ने मूल नाराका साथहुलाककार्यालय बाजुराले देउडाकार्यक्रमको आयोजना गर्ने भएको हो।कार्यालयले एक सूचना जारी गर्दै उक्तप्रतियोगिताहुने जनाएको छ।
प्रतियोगितायहिअसोज २२ गते विहान ९ बजेबाट सुरु हुने हुलाककार्यालय बाजुराकाप्रमुखउत्तमबमले बताएकाछन्।उनकाअनुसार हुलाक सेवाको पहुँचलाई अझै प्रभावकारी तथाबलियो बनाउन देउडामार्फत सन्देश दिने गरि कार्यक्रमको आयोजना गर्न लागिएको बताएकाहुन्।
हुलाक सेवा सहरी क्षेत्रमामात्रै नभई ग्रामिक क्षेत्रमापनिउत्तिकै प्रभावकारी रहेकोले यसको पहुँचलाई अझै प्रभावकारी र विश्वासको प्रतीकका रूपमा स्थापित गर्न देउडामार्फत सवाल–जवाफ गरि समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न कार्यक्रम गरिने बताईएको छ ।
प्रतियोगितामाकम्तीमा १२ जनाको सदस्यीयहुनुपर्ने छ । देउडामा सवाल–जवाफ र भेषभूषालाई विशेष प्राथामितादिईने छ । प्रतियोगिताको लागीटिमदर्ता शुल्कअसोज २० गतेदेखि असोज २२ गते विहान ८ बजेसम्म रहेको छ।
टिमदर्ताको लागीशुल्कनलाग्ने भएको छ भने टिमदर्ताको लागीहुलाककार्यालयमा सम्पर्क गर्न सकिने छ । प्रतियोगिताखुलामञ्जमाहुने भएको छ। प्रतियोगितामाप्रथमहुने टिमलाई नगददशहजार प्रदान गरिने छ । त्यस्तै द्वितियहुने टिमलाई नगद सात हजार र तृतियहुने टिमलाई नगदपाँचहजार प्रदान गरिने हुलाककार्यालय बाजुराले जनाएको छ।
देउडालाई सुदूर ,कर्णालीका क्षेत्रमामहत्त्वका साथ हरिने गरिन्छ । लोकसंस्कृति र लोकसाहित्यको उर्वर क्षेत्र सुदूर र कर्णालीका हरेक गाउँठाउँमा देउडागुञ्जिने गरेका छन्।देउडागोलघेरा लगाई हातमाहात जोडेर सवाल–जवाफमा साथ खेलिने खेल हो। वनजंगल,मेलापातकुनै पर्वमा विरही स्वर र भाकामागाइने देउडागीत सर्वाधिकलोकप्रियविधा रुपमाचिनिन्छ।




