जेनजी र एमाले आमने सामने, एक अर्का विरुद्ध प्रहरीमा उजुरी



जनकपुरधाम, असोज २१ । जेनजी आन्दोलन पछि समाजिक एक अर्का विरुद्ध सामाजिक संजालमा खनिदै आएका सुदन गुरुङ नेतृत्वको जेनजी र एमाले मंगलवार आमने सामने भएका छन ।

सुदन नेतृत्वको जेनजी समूहले आन्दोलनमा गोली चलाउने आदेश दिएका तत्कालिन प्रधानमन्त्री केपीशर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न प्रहरीमा उजुरी दिएका छन ।

सोमवार उजुरी दिन अस्वीकार गरेका प्रहरी मंगलवार उजुरी स्वीकार गर्दै जाँचबुझ आयोगलाई पठाउने जनाएको छ । गुरुङ्ग समूहको उजुरी लगतै एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सिंहदरवार लगायत सरकारी सम्पति जलाउने सुदन गुरुङ र काठमाडौ महानगरका प्रमुख बालेन साह विरुद्ध उजुरी बुझाएका छन ।

मंगलबार दुबै समूह काठमाण्डौ प्रहरी परिसर पुगेर उजुरी बुझाएका हुन । सुदन समूहको उजुरी दर्ता भएपनि अखिल समूहको उजुरीमा २४ घण्टा भित्र दर्ता हुन नहुने बारे जानकारी दिने प्रहरीले जनाएको छ।

स्रोतका अनुसार प्रहरीले उक्त जाहेरी फोटोकपी मात्रै गरेर राखेको छ । ‘२४ घण्टाभित्र अध्ययन गरेर दर्ता गर्ने वा नगर्ने, नगर्ने भए किन नगर्ने भन्ने जवाफ दिन्छौं भन्नुभएको छ,’ परिसर पुगेका अनेरास्ववियुका पूर्व अध्यक्ष समिक बडालले बताएका छन ।

सुदन/बालेन र एमालेको अखिल आमने सामने भएपछि अबको राजनीतिक अवस्था अझै जटिल हुने अनुमान गर्न थालिएको छ ।
जेनजी आन्दोलन पछि रक्षात्मक बनेको एमाले पछिल्लो समय सडकमा आउने भएपछि विवाद बढने प्राय निश्चित भएको छ।

प्रकाशित मिति: २०८२ आश्विन २१, मंगलवार १८:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको