काठमाडौं , असोज २१ । प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने विषयमा थप छलफलमा जुटेकी छन् । जेन–जी आन्दोलनका अगुवाले ओली र लेखकलाई पक्राउ गर्न दबाब अभियान चलाएपछि प्रधानमन्त्री कार्की निरन्तर छलफलमा छिन् । हिजो मध्यरातसम्म सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेकी प्रधानमन्त्री कार्की आज पनि अनौपचारिक छलफलमा रहेकी छिन् ।
हिजो बिहानदेखि नै जेन–जी आन्दोलनका अगुवाले ओली र लेखकलाई पक्राउ गर्न दबाब अभियान चलाएका थिए । सामाजिक सञ्जालमा ुएरेस्ट ओली(लेखकु भनेर अभियान चलाएपछि दिनभर सुरक्षाकर्मी तथा सरकारी संयन्त्र चनाखो अवस्थामा थिए ।
जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङसहित रक्षा बमहरूको टोलीले पक्राउ अभियान चलाएका थिए । दिउँसो उक्त अभियान चलेसँगै काठमाडौं प्रहरी परिसरमा जाहेरी दर्ता गर्न पुगेका थिए । प्रहरीले जाहेरी दर्ता नगरेपछि गुरुङको टोली थप भड्किएको थियो । जाहेरी दर्ता नगरेसँगै गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रमुख चन्द्रकुवेर खापुङसँग छलफल गरेका थिए । हुन त जाहेरी आएपछि परिसरका प्रमुख रमेश थापाले पनि आईजीपी खापुङसँग छलफल गरेका थिए । खापुङसँगको छलफलपछि परिसरले जाहेरी दर्ता नगरेको हो ।
स्रोतका अनुसार जाहेरी दर्ता भएपछि ओली र लेखकलाई पक्राउ गर्ने गृहमन्त्री अर्यालको तयारी थियो । सोही कारण उनी इलाम नगई काठमाडौं बसेको पनि स्रोतको दाबी छ । तर, जाहेरी दर्ता नभएपछि आईजीपी खापुङसँग अर्यालले छलफल गरेका थिए । छलफलपछि प्रधानमन्त्री कार्कीले गृहमन्त्री गृहमन्त्री अर्यालसहित नेपाल प्रहरीका आईजीपी खापुङ, सशस्त्र प्रहरीका राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीका अलावा गृहसचिव रामेश्वर दंगाल पनि सहभागी थिए । प्रधानमन्त्री कार्कीसँगको छलफलमा भने सेनापति अशोकराज सिग्देल पनि सहभागी भएको स्रोतको भनाइ छ ।
कार्कीसँग भएको मध्यरातको छलफलले तत्काल ओली र लेखकलाई पक्राउ गर्ने निर्णय पनि गरेन । स्रोतहरूका अनुसार ओली र लेखकलाई पक्राउ गरेपछि परिस्थिति मुठभेडमा जाने सुरक्षा अंगका प्रमुखको ब्रिफिङ छ । सुरक्षा संवेदनशीलताकै कारण प्रधानमन्त्री कार्कीले पनि निर्णय भने नलिएको स्रोतको दाबी छ । यद्यपि, उनी निरन्तर छलफलमा भने रहेको स्रोतले उल्लेख गरेको छ ।
अयकmयक अयििभनभल्भउबतयउ
ओली र लेखकलाई पक्राउ गर्नुपर्ने अभियानकै समानान्तर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पक्राउ गर्ने अभियानबारे पनि अवगत गराएपछि परिस्थिति भड्किन सक्ने आकलन सुरक्षाकर्मीको छ । प्रहरीले यसलाई पनि आधार मानेर प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्याललाई ब्रिफिङ गरेको छ ।
९ असोजमा बालेनले प्रधानमन्त्री कार्कीलाई भेटेर ओली र लेखकलाई पक्राउ गर्न दबाब दिएका थिए । त्यसको भोलिपल्ट १० असोजमा भने नेपाली सेनाका सेनापति सिग्देलले पूर्वसेनापतिहरूसँग विकसित घटनाक्रमका बारेमा छलफल गरेका थिए ।
त्यसपछि निरन्तर जेन–जी आन्दोलनका अगुवा गुरुङको टोलीले सरकारलाई दबाब दिइरहेको छ । उनीहरूले १८ असोजमा एक साताको अल्टिमेटम नै दिएका छन् । सोही कारण प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्याल दबाबमा रहेको स्रोतको दाबी छ ।




