
काठमाडौँ, असोज २२ । नेकपा (एमाले)निकट अनेरास्ववियुकामहासचिवदिपकधामीले राष्ट्रका सम्पदाजलाउने र अराजकगतिविधिगर्नेव्यक्तिहरूमाथि कारबाहीनभएआफ्नो संगठन सडकमाउत्रिने चेतावनीदिएकाछन् ।
बुधबार काठमाडौँमाआयोजितकार्यक्रममाबोल्दै धामीले “अरुको घर जलाईदिन्छु भन्नेले त्यो कुरा आफूतिर फर्किन्छभन्ने बुझ्नुपर्छ” भन्दै जेनजीआन्दोलनकाक्रममाभएकाआगजनी, लुटपाट र हत्याघटनामा संलग्नतथात्यसकाउक्साउनेहरूलाई कानुनीदायरामाल्याउनुपर्नेमा जोड दिए।



उनले जेनजीआन्दोलनकामागप्रतिआफूहरू पनिऐक्यवद्ध रहेको तर त्यसमाघुसपैठ गरी राष्ट्रिय सम्पदा र निजी सम्पत्तिमाक्षति पु¥याउने, हत्या र लुटपाटगर्नेप्रवृत्तिको विरोध गरेको बताए। धामीले भने, “हामीले काठमाडौँप्रहरी परिसरमाजाहेरी दिएकाछौं । दोषी जो भएपनिकानुनको दायरामाल्याउनुपर्छ ।”
धामीले दलप्रतिको विचार र आस्थाका कारणमात्र कसैलाई अपराधीठहर गर्नु गलतभएको टिप्पणी गरे। उनले भने, “विचार र आस्थाकाहिसाबले म एमाले हुँ, तर त्यो भन्दापहिला म देशको सचेत नागरिक हुँ ।दलमाआस्था राखेकै कारणदोषीठहर गर्नेप्रवृत्तिले समाजलाई सहीदिशातिर लैजान सक्दैन।”

भ्रष्टाचार र अपराधमादोषीलाई जोगाउने कुनै पनिप्रयास अस्वीकार्य भएको बताउँदै उनले सामाजिक सञ्जालमा कसैलाई प्रमाणबिनै दोषीठहर गर्ने र बदनामगर्नेप्रवृत्तिप्रतिआपत्तिजनाए।
धामीले जेनजीआन्दोलनको नाममाविवादितव्यक्ति सरकारमापुगेको र उनीहरूले प्रतिशोधकाआधारमा राज्य संयन्त्रप्रयोगगर्न खोजेको आरोपलगाए।उनले भने, “हामीले सोचेकाथियौं, जेनजीले नै सरकारको नेतृत्वगर्छन् कि भनेर, तर अहिले कुर्सीमाविवादितव्यक्तिपुगेकाछन् र उनीहरूले राज्यकाअंगको दुरुपयोग गर्न खोजिरहेकाछन् ।”
त्यसक्रममाउनले जेनजीआन्दोलनकाअगुवाबताइने हामीनेपाल संस्थाकाअध्यक्ष सुधन गुरुङमाथिविदेशी सहयोगको डलरमानक्कलीबिल पेस गरेर समाजसेवा गरेको आरोप लगाउँदै जनताको पीडामानिःशुल्क सेवा गर्न चुनौती समेत दिए।
धामीले भने, “हामीभूकम्प, कोरोना, बाढीपहिरो जस्ताविपत्तिमानिःशुल्क जनसेवामाखटियौं, सुधन गुरुङले पनि त्यसरी नै काम गर्नुपर्छ ।”उनले सम्पदाजलाउनेहरूले अहिले देशका डेटामाग्नथालेको भन्दै आपत्तिजनाए र समाजमा फैलिँदो अराजकता रोक्न सडकमाआउनबाध्यभएको बताए।
त्यस्तै, उनले बालेन साहर सुधन गुरुङविरुद्धदेशभरका जिल्लाप्रशासनकार्यालय र नजिककाप्रहरी कार्यालयमार्फत जाहेरी बुझाउने तयारी भइरहेको जानकारी पनिदिए।