भारी वर्षाबाट कृषि र पशुपालनमा क्षति, विवरण संकलन सुरु



काठमाडौं , असोज २२ । देशभर कृषि र पशुपालन क्षेत्रमा भएको क्षतिको विवरण संकलन सुरु गरेको छ । मन्त्रालयले सातै प्रदेशका सम्बन्धित कार्यालयलाई प्रारम्भिक विवरण संकलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको छ ।

संलग्न कार्यालयहरूले स्थानीय तहको समन्वयमा बाढीबाट प्रभावित कृषि वस्तुहरूको प्रकार र परिमाण, पशुपंक्षीको क्षति, गोठ तथा व्यावसायिक फार्ममा भएको असर, र प्रभावित किसानको अवस्थाबारे विवरण संकलन गर्ने भएका छन्।



मन्त्रालयका अनुसार संकलित तथ्याङ्कको आधारमा किसानको योगदानको मूल्याङ्कन गरी आवश्यक सहयोग र सुविधा उपलब्ध गराइने छ । बाली वा पशुधनमा बिमा गरेका किसानका हकमा बिमाको सहजीकरणसहित मल, बिउ, प्रविधि र प्राविधिक सिपमा सहयोग पु¥याइने र आवश्यकता अनुसार क्षतिपूर्ति पनि प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

विवरण प्राप्त भएपछि आगामी दिनमा थप सतर्कता, जोखिम न्यूनीकरणका उपाय, अध्ययन तथा अनुसन्धानका आधारमा विस्तृत योजना निर्माण र कार्यान्वयन गरिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २०८२ आश्विन २२, बुधबार ०९:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको