रेकडब्रेक गर्दै सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा



काठमाडौं , असोज २३ । नेपाली बजारमा सुनको मूल्यले रेकडब्रेक गर्दै हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ । बिहीवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हाल सम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेको हो । बुधबार २ लाख ३८ हजार रुपैयाँ तोलामा सुनको कारोबार भएको थियो । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य अस्वभाविक रुपले बढीरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला २ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज भने तीन हजार २५ रुपैयाँ तोला पुगेको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि हाल सम्मकै उच्च हो ।

प्रकाशित मिति: २०८२ आश्विन २३, बिहिवार १२:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको