सरकार संग जुहारी खेल्ने गुण्डुबाट ओलीको उद्घोष



जनकपुरधाम, असोज २४ । जेनजी आन्दोलनबाट विस्थापित भएका तत्कालिन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली सरकार संग जुहारी खेल्ने उद्घोष गरेका छन ।

आन्दोलन पश्चात विहीवार पहिलो पटक भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा सार्वजनिक भएका अध्यक्ष ओलीले सुशिला कार्की नेतृत्वको सरकारबाट डराएर नभाग्ने बताएका हुन ।

नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओली भने ,‘ हा हु बाट बनेको सरकार बाट आफु डराएर भाग्ने होइन । ’ आन्दोलनको छानविनका लागि सरकारले गठन गरेको छानविन समितिलाई समेत नमान्ने घोषणा गरेका ओलीले छानविन समितिलाई बयान नदिदा के गर्न सक्छन भनि प्रश्न समेत तेस्र्याएका छन ।

उनले भने‘ छानविन समितिलाई बयान दिन्न , के गर्छन ? पक्राउ गर्छन ? पक्रेर देखाओस ।’

सार्वजनिक भएकै दिन ओलीको कटाक्षपूर्ण पुरानै शैलीको भाषण र सरकारलाई दिएको चुनौतीले एमाले र सरकारबीच अगामी दिनमा जन कटुता बढने भएको छ ।

जेनजी अगुवाहरुले ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दवाव दिदै प्रहरीमा उजुरी समेत दर्ता गराई सकेको अवस्थामा ओलीको चुनौती पूर्ण भाषणले देश पुनः राजनीतिक दुश्चक्रमा फस्ने प्रायः निश्चित देखिएको छ ।

पक्राउ गर्न जेनजीको दवाव र पक्रेर देखाउन एमालेको चुनौतीले केही भित्रै पुनः देशमा गम्भीर राजनीतिक अवस्थाको सृजना हुने प्रायः निश्चित छ ।

प्रकाशित मिति: २०८२ आश्विन २४, शुक्रवार ०७:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको