काठमाडौं, असोज २४ । अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार फिलिपिन्समा आज शक्तिशाली भूकम्प गएको छ। भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन गरिएको छ।
भूकम्पपछि सुनामीको चेतावनी पनि जारी गरिएको छ। हालसम्म प्राप्त जानकारी अनुसार भूकम्पले कति क्षति पुर्याएको बारे पुष्टि भएको छैन। स्थानीय अधिकारीहरूले प्रभावित क्षेत्रमा अनुसन्धान र सुरक्षा उपायमा काम गरिरहेका छन्।
यसअघि ३० सेप्टेम्बरमा फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्पले ठूलो क्षति पुर्याएको थियो। सो घटनामा ६९ जनाको मृत्यु भएको थियो भने करिब १५० जना घाइते भएका थिए।
फिलिपिन्स भौगर्भिक रूपमा भूकम्प र सुनामीका लागि संवेदनशील क्षेत्र भएकाले नागरिकहरूलाई सतर्क रहन अनुरोध गरिएको छ।






