१५ सहसचिवको सरुवा



काठमाडौं ,असोज  २४ । सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।

‘राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गर्ने, कामकाज गर्न खटाउने निर्णय भएको छ,’ मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा उनले भने ।

 

प्रकाशित मिति: २०८२ आश्विन २४, शुक्रवार १४:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको