बारामा माटो को ढिस्कोमा पुरिएर २ जनाको मृत्यु, ४ जना गम्भीर घाइते



जाकपुरधाम , असोज  २५ । बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ तिहारको तयारीको लागि माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

ढिस्कोमा पुरिएर अन्य चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको उपचार प्रादेशिक अस्पताल, कलैयामा भइरहेको छ । मृतक र घाइतेहरूको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 

प्रकाशित मिति: २०८२ आश्विन २५, शनिवार ११:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको