युवामैत्री कांग्रेस निर्माणको माग गर्दै नेविसंघको धर्ना



काठमाडौ, असोज २५ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले युवामैत्री कांग्रेस बनाउन माग गर्दै शनिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालय अगाडि धर्ना दिएको छ।

नेविसंघका सदस्यहरूले पार्टीको विधान संशोधन गरी सबै तहका संरचना र पदहरूमा कम्तीमा ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।

धर्नाका क्रममा सहभागीहरूले “पार्टी एकता आजको आवश्यकता”, “हरेक पदमा ४० प्रतिशत युवा सुनिश्चित गर”, “परिमार्जन बिनाको महाधिवेशन मान्य छैन”, “कि सरकार कि पार्टी — एक व्यक्ति एक पद” जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

कार्यक्रममा बोल्दै नेविसंघका केन्द्रीय सदस्य आकाश उप्रेती ले पार्टीले अब युवाको विचार र भूमिकालाई प्राथमिकतामा राख्नुपर्ने समय आएको बताए। उनले भने,

“पार्टीमा युवाको प्रवेश सहज नबनाई ‘युवा’ शब्दको सार्थकता दिन सकिँदैन। विधान संशोधन गरेर सबै तहमा युवाको ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न जरुरी छ।”

उनका अनुसार पार्टीले आगामी केन्द्रीय समिति बैठकमा युवामैत्री कांग्रेस निर्माणबारे ठोस निर्णय गर्नुपर्ने आवश्यकता छ।

उप्रेतीले पार्टीमा हाल ३० प्रतिशतभन्दा कम युवाको क्रियाशील सदस्यता रहेको उल्लेख गर्दै त्यसलाई बढाएर कम्तीमा ४० प्रतिशत पु¥याउन माग गरे।

उनले हालको पुस्ता—विशेष गरी जेन जेड (न्भल श्) को विचारलाई आत्मसात गर्दै कांग्रेसले युवा पुस्तालाई आकर्षित गर्नुपर्नेमा जोड दिए।

“आम युवाको लागि कांग्रेस खुला छ भन्ने सन्देश दिने अवसर यही हो,” उनले भने।

नेविसंघले पार्टीको विधानमा सबै तहका समिति, विभाग र संसदीय संरचनामा ४० प्रतिशत युवा सहभागिता सुनिश्चित हुने व्यवस्था तत्काल गर्न माग गरेको छ।

प्रकाशित मिति: २०८२ आश्विन २५, शनिवार १६:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको