टी-२० विश्वकप छनोटको सुपर सिक्स समीकरण पूरा, अब नेपाल को संग कहिले खेल्ने ?



काठमाडौं, असोज २५ । ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स चरणको समीकरण पूरा भएको छ।

शुक्रबार राति समूह चरणको अन्तिम खेलमा ओमानले पीएनजीलाई हराएसँगै सुपर सिक्समा पुग्ने सबै टोलीको टुंगो लागेको हो।

समूह चरणबाट आयोजक ओमान, नेपाल र संयुक्त अरब इमिरेट्स ९यूएई० अपराजित रहँदै अघि बढेका छन् भने सामोआ, जापान र कतार एक–एक जितका साथ सुपर सिक्समा पुगेका छन्।

समूह १ मा शीर्ष स्थानमा रहेको यूएई २ अंकका साथ सुपर सिक्समा प्रवेश गरेको छ भने नेपाल समूह २ को विजेताका रूपमा २ अंक लिएर अघि बढेको हो। समूह ३ बाट ओमान विजेताका रूपमा ३ अंकका साथ सुपर सिक्समा पुगेको छ।

समूह चरणमा खेलिसकेका टोलीहरूले एक–आपसमा फेरि खेल्न नपर्ने व्यवस्था रहेको छ। समूह चरणमा जितेको अंक सुपर सिक्समा पनि गणना हुनेछ।

हाल सुपर सिक्सको अंकतालिकामा ओमान, नेपाल र यूएईले समान २ अंक प्राप्त गरिसकेका छन्। नेट रनरेटका आधारमा ओमान पहिलो, नेपाल दोस्रो र यूएई तेस्रो स्थानमा छन्। त्यसैगरी कतार चौथो, जापान पाँचौं र सामोआ छैटौं स्थानमा रहेका छन्।

🏏 यस्तो छ नेपालको खेल तालिका :

नेपाल बनाम यूएई – २६ असोज अपराह्न ४:१५ बजे

नेपाल बनाम कतार – २७ असोज बिहान ८:४५ बजे

नेपाल बनाम सामोआ – २९ असोज बिहान ८:४५ बजे

नेपाल बनाम ओमान – ३० असोज अपराह्न ४:१५ बजे

टी-२० विश्वकप छनोट  नेपालले सुपर सिक्समा उत्कृष्ट प्रदर्शन गर्दै ४ मध्ये ३ खेल जिते विश्वकपमा छनोट हुने सम्भावना बलियो हुनेछ।
यदि नेपालले केवल २ खेल जित्यो भने नेट रनरेटका आधारमा अन्तिम निर्णय हुनेछ।

नेपाल र यूएईबीचको पहिलो खेल आइतबार अपराह्न सवा ४ बजे सुरु हुनेछ, जसलाई सुपर सिक्सको निर्णायक भिडन्तका रूपमा हेरिएको छ।
दुवै टोली हाल राम्रो लयमा छन् र पछिल्लो समयमा टेस्ट राष्ट्रहरूलाई पराजित गरिसकेका छन्, जसले गर्दा खेल अत्यन्तै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ आश्विन २५, शनिवार ०८:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको