आसिफ शेखको अर्धशतकमा नेपालले यूएईलाई १४० रनको लक्ष्य दियो



जनकपुरधाम, असोज २६ । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स चरण अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई १४० रनको मध्यम लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनायो।
नेपालका ओपनर आसिफ शेखले ४७ बलमा ५१ रनको उत्कृष्ट अर्धशतक प्रहार गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए।

त्यस्तै कुशल भुर्तेलले २८ रन, कप्तान रोहित पौडेलले २० रन, र अन्त्यतिर गुलशन झाले ५ बलमा १४ रनको छोटो तर उपयोगी योगदान दिए।

नेपालले सुरुवाती १० ओभरमा १ विकेटको क्षतिमा ७३ रन बनाए पनि त्यसपछि रनगति सुस्त हुँदा निर्धारित ओभरमा ठूलो योगफल बनाउन सकेन।

बलिङतर्फ यूएईका जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले १–१ विकेट लिए।

अब यूएईले लक्ष्य पछ्याउने क्रममा १४१ रन बनाउनुपर्नेछ।

प्रकाशित मिति: २०८२ आश्विन २६, आईतवार १८:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको