एजेन्सी, असोज २६ । इजरायल र हमासबीच भएको युद्धविराम योजनाअनुसार गाजाबाट सोमबार बन्धकहरू रिहा हुने तयारीमा छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको रिपोर्टअनुसार हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकमा नेपाली नागरिक विपिन जोशी पनि रहेका छन्।
यसअघि विपिनसहित दुई बन्धकको अवस्था अज्ञात रहेको समाचार आएको थियो। टाइम्स अफ इजरायल, एपी न्यूज लगायतका मिडियाले सार्वजनिक गरेको सूचीमा विपिनको नाम समावेश गरिएको छ।
युद्धविराम शुक्रवारदेखि लागू भएको छ र सोमबारदेखि मंगलबारसम्म बन्धकहरू रिहा गरिने कार्यक्रम तय गरिएको छ। यस क्रममा इजरायलले करिब २ हजार प्यालेस्टिनी कैदी पनि रिहा गर्ने तयारी गरेको जनाइएको छ।
विश्वभरका नेपाली र अन्तर्राष्ट्रिय समुदायले विपिनको सुरक्षित फिर्ता हुनुपर्नेमा आशा व्यक्त गरेका छन्।




