गुण्डुमा एमाले सचिवालय बैठक सुरु



काठमाडौं ,असोज  २६ । नेकपा एमाले को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

भक्तपुरस्थित गुण्डुमा एमालेको केन्द्रीय सचिवायलको बैठक सुरु भएको हो ।



रुघाखोकीका कारण पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबारको बैठक स्थगित भएको थियो ।

केन्द्रीय कमिटीको एजेन्डा तय गर्न ओलीको निवास गुन्डुमा शुक्रबारदेखि सचिवालय बैठक सुरु भएको हो ।

बैठकको पहिलो दिन ९ जना पदाधिकारीले आफ्नो धारणा राखेका थिए । त्यसमध्ये ६ जनाले ओलीलाई नेतृत्व छोड्न आग्रह गरेका छन् ।

आजको बैठकमा शुक्रबार बोल्न बाँकी रहेका पदाधिकारीहरूले आ(आफ्नो धारणा राख्ने छन् ।

 

प्रकाशित मिति: २०८२ आश्विन २६, आईतवार १२:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको