जनकपुरधाम, असोज २७ । जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशको प्रथम एकताको अधिवेशन आज देखी जनकपुरधाममा हुने भएको छ।
जनकपुरधामको निधि भवनमा दिउसो १ बजे शुरु हुने उद्घाटन सत्रको पार्टीका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ।
प्रदेश भित्र रहेको करिब ८५ हजार क्रियाशिल सदस्य मध्येबाट करिब ४ सय ५० प्रतिनिधि सहित साढे पाँच सय प्रतिनिधी र एक सय पर्यवेक्षक अधिवेशनको बन्द सत्रमा सहभागी हुने जनाइएको छ ।
अधिवेशन बाट अध्यक्ष , ३ उपाध्यक्ष, एक महासचिव , ३ सचिव र एक कोषाध्यक्ष सहित ५१ सदस्यीय नयाँ कार्य समिति चयन गरिने छ ।
नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष बालकिशोर यादव र पार्टीका केन्द्रिय सदस्य योगेन्द्र राय यादवबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ भने अन्य पदमा समेत समूह गत प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
उम्मेदवारहरु अहिले केन्द्रिय नेता एवं प्रतिनिधि रिझाउने कार्यमा व्यस्त देखिएका छन ।






