काठमाडौं , असोज २८ । संघीय संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा पाँचवटा रिट पेस भएका छन् ।
आज अहिलेसम्म पाँचवटा रिट पेस भएको अदालतका उपरजिस्टार निराजन पाण्डेले शिलापत्रलाई जानकारी दिए ।
उनका अनुसार पेस भएका रिटमाथि अध्ययन भइरहेको छ । रिट दर्ता हुने वा नहुने विषयमा आज साँझसम्म निर्णय हुने उनले जानकारीि दिए ।
जने–जीको आन्दोलनपछि बनेको सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा संसद विघटन गरेर चुनावको मिति तय गरिएको छ ।




