काठमाडौं , असोज २ ८ । मंगलबार सेयर बजार को परिसूचक नेप्से १९।४३ अंक घटेको छ । सो गिरावटसँगै नेप्से २५२८ मा कायम भएको छ ।
कारोबार खुल्दा केही बेर बजार बढे पनि आधा घण्टामै ओर्लियो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ९७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ३६ करोडको भयो । ३३ कम्पनीको मूल्य बढ्दा २१४ को घट्यो भने ५ को स्थिर रह्यो ।
व्यापार सबैभन्दा धेरे १।४८ प्रतिशत बढ्यो भने हाइड्रोपावर सबैभन्दा धेरै १।७१ प्रतिशत घट्यो । निर्जीवन बीमा १।१०, माइक्रोफाइनान्स ०।७९, उत्पादन तथा प्रशोधन ०।९८, जीवन बीमा ०।९८, लगानी १।१६, होटल तथा पर्यटन १।११, फाइनान्स १।४०, विकास बैंक १।०० र बैंकिङ ०।८२ प्रतिशत घटे ।
दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । शुभम् पावर र ग्रामीण विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ५।८६, विन्ध्यबासिनी हाइड्रोपावरको ५।३१, सुपरमाइ हाइड्रोपावरको ४।८४ प्रतिशत बढ्यो ।
समाज लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । सामुदायिक लघुवित्तको ७।५४, माइखोला हाइड्रोपावरको ६।७२, एसियन हाइड्रोपावरको ६।१८ र भूगोल इनर्जीको मूल्य ५।१३ प्रतिशत घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइनस्योरेन्स, सीईडीबी होल्डिङ्स, युनियन हाइड्रोपावर र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।




