काठमाडौं ,असोज २८ । संघीय संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।
आज बिहान अधिवक्ताहरू किर्तिनाथ शर्मा, देवी रिजाल र निराजन पौडेलले संसद विघटनविरुद्ध रिट पेस गरेका हुन् ।
रिट अध्ययनको क्रममा रहेको अधिवक्ता शर्मा शिलापत्रलाई जानकारी दिए ।
जेन–जी आन्दोलनपछि प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिएपछि अन्तरिम सरकारको नेतृत्वमा आएकी प्रधानमन्त्री सुशीला कार्कीले संसद विघटन गरेर निर्वाचन मिति घोषणा गरेकी थिइन् । निर्वाचन २१ फागुनमा हुँदै छ ।




