जनमत फोड्न कांग्रेस व्यस्त, वार्ता जारी



जनकपुरधाम, असोज २९ । मधेश प्रदेश सरकारकालागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जीतेन्द्र सोनलले दावी गरे पनि नेपाली कांग्रेस जनमत फोड्न व्यस्त देखिएका छन् ।

लोसपाले जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत, माओवादी केन्द्र, नेकपा एस पार्टीका सभासदहरु आफ्नो समर्थनमा रहेको दावी सहित आज मधेश प्रदेश प्रमुख सुमिन्त्रा देवी भण्डारी समक्ष दावी पेश गरेका छन् । तर, आन्तरिक विवादमा रहेका जनमतलाई फोडेर कांग्रेस नेपाली कांग्रेस सहित सरकार गठन गर्नकालागि जनमत पार्टीका सभासदहरुलाई प्रलोभन दिइ रहेका छन् ।

स्रोतका अनुसार अहिले नेपाली कांग्रेस, नेकपा एमाले सहित जनमत पार्टीका असन्तुष्टहरुको बैठक जनकपुरधाममा बसेको छ । यस भन्दा पहिला नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णा यादवले आफू मुख्यमन्त्री बन्ने र नेकपा एमाले तथा जनमत पार्टी आफ्नो पक्षमा रहेको दावी गरेका थिए ।

उनी जनमत पार्टीका असन्तुष्ट सभासदहरुलाई पार्टी विभाजन गरी आफूलाई समर्थन गर्न प्रलोभन दिई रहेका छन् । नेपाली कांग्रेस संग २२, एमाले संग २५ जना समासद रहेका छन् । दुवै पार्टी मिलाएर ४७ जना सभासद पुग्दछ भने जनमतले ९ जना सभासद् फोडेर ल्याए भने कांग्रेसको नेतृत्वमा सरकार बन्ने छ ।

यता, जनमत पार्टीका संसदीय दलका नेता महेश यादवले भने जीतेन्द्र सोनलको नेतृत्वमा गरिएको दावी संगै आएका छन् ।
नेपाली काँग्रेस मधेश प्रदेशका प्रचार प्रसार प्रमुख नीतेश गुप्ताले जनमतमाथी गद्दार रहेको अरोप लगाउदै नयाँ समिकरणको संकेत गरेका छन ।

प्रकाशित मिति: २०८२ आश्विन २९, बुधवार ११:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको