ओलीले भने– बिग्रिएकै छैन म, किन सप्रिनुपर्‍यो रु सिंहदबार जलाउनेहरू पो सप्रिनुपर्छ



काठमाडौं , असोज  २९ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सिंहदरबार र संसद भवन जलाउनेहरू सप्रिनुपर्ने बताएका छन् ।

सार्वजनिक रुपमा ओलीले नसप्रिएको भन्दै आलोचना भएकोप्रति ओलीले आफू नबिग्रेको दाबी गरेका छन् ।

ओलीले भने, ‘बाहिर ओली अझै सप्रिएन भन्छन्, बिग्रिएको भए पो सप्रिनु, बरु बिग्रेकाहरू अरु सप्रिनुपर्‍यो नि । सिंहदबारमा आगो लगाउनेहरू सप्रिनुपर्‍यो, संसदमा आगो लगाउनेहरू सप्रिनुपर्‍य ।’

उनले पार्टीभित्र पनि केही नेताहरू बिग्रिएको टिप्पणी गरे । ओलीले नेतृत्व छोड्नुपर्छ भन्ने नेताहरूप्रति संकेत गर्दै उनले पार्टीभित्र नबोल्ने बाहिरियाको लहैलहैमा लाग्नेहरू सप्रिनुपर्ने बताएका छन् । उनले भने, ‘पार्टीभित्र नबोल्ने बाहिर कुरा गर्नेहरू सप्रिनुपर्दैन रु अरुको लहैलहैमा लाग्नेहरू सप्रिनु पर्दैन रु सप्रिनलाई स्वाभिमान छोड्नुपर्ने हो रु’

प्रकाशित मिति: २०८२ आश्विन २९, बुधवार १४:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको