काठमाडौँ ,असोज २९ । नेपाल स्टक एक्सचेन्जमा परिसूचक आज पनि घटेको छ । बुधबार बजार बन्द हुँदा नेप्से सूचकाङ्क २२।५८ अङ्कले घटेर २५०५।५८ मा पुगेको छ ।
आज कुल ३ अर्ब १० करोड ८३ लाख ९४ हजार ५ सय ४६ रुपैयाँ बराबरको ७६ लाख ११ हजार ६ सय ६० कित्ता सेयर किनबेच भएको छ।
यस दिन कुल ३१८ वटा कम्पनीका सेयर कारोबार भएका थिए, जसमा ४० कम्पनीको सेयर मूल्य बढेको छ भने २०६ कम्पनीको सेयर मूल्य घटेको छ र ५ कम्पनीको मूल्य स्थिर रहेको छ। कुल कारोबार सङ्ख्या ३५ हजार ७५० रहेको छ।
बजारमा आज म्युचुअल फण्ड बाहेक सबै परिसूचक घटेका छन् । सबैभन्दा धेरै गिरावट ट्रेडिङमा २।०९ प्रतिशतले भएको छ ।
आज सबैभन्दा धेरै नाफा कमाउने कम्पनीहरूमा समता लघुवित्तको मूल्य सबैभन्दा धेरै बढेको छ । समाज लघुवित्त र विन्धबासिनी हाइड्रोपावरमा आज नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनीको २० करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, हिमालयन पुनर्बीमा १३ करोड ४९ लाख तथा युनियन हाइड्रोपावरको १२ करोड ९९ लाखको कारोबार भएको छ ।




