काठमाडौँ , असोज २९। नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा केहीबेर होहल्ला भएको छ ।
ललितपुरको भनिमण्डलमा जारी केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष ईश्वर पोखरेलले आफूलाई बोल्न समय दिनुपर्ने बताएका थिए ।
तर, महासचिव शंकर पोखरेलले बैठकमा केन्द्रीय सदस्यले मात्र बोल्ने र पदाधिकारीले बोल्न नपाउने बताएपछि केन्द्रीय सदस्यहरूबिच चर्काचर्की भएको हो ।
बैठकमा सहभागी केही केन्द्रीय सदस्यले पनि पदाधिकारीले बोल्न पाउनुपर्ने बताएका थिए ।




