राष्ट्रपति पौडेलसमक्ष दुई आयोगका वार्षिक प्रतिवेदन पेस



काठमाडौं, असोज ३१ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन पेस गर्नुभएको हो ।

यसैबीच आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदनसमेत राष्ट्रपतिसमक्ष पेस गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।

प्रकाशित मिति: २०८२ कार्तिक १, शुक्रवार १७:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको